अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति पौडेलद्वारा एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रपति पौडेलद्वारा एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा सहयोग


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ। 

उहाँको सचिवालयले भनेको छ, ‘’राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरो  पीडितको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ।’

यसैगरी उहाँका विज्ञ सल्लाहकारले एक हप्ताको तलब सुविधा प्रदान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

असोज ११ र १२ गतेको भारी वर्षाले मुलुकभरमा बाढी र पहिरोले ठुलो क्षति गरेको छ।