अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोले क्षत विक्षत सुन्दर बीपी राजमार्ग (भिडियो-तस्वीरसहित)

बाढी-पहिरोले क्षत विक्षत सुन्दर बीपी राजमार्ग (भिडियो-तस्वीरसहित)

बाढी-पहिरोबाट क्षति र पुर्ननिर्माणका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै


काठमाडौं-कोशी र मधेस प्रदेशलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने बनेपा-सिन्धुली-बर्दिबास बीपी राजमार्ग बाढी र पहिरोका कारण ध्वस्त भएको छ। अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले मुलुककै सुन्दर र पर्यटकिय राजमार्गको सिन्धुली-धुलीखेल खण्ड क्षतविक्षत छ। सडकका दर्जनौं स्थान भत्किदा यातायात प्रभावित छ।

बीपी राजमार्गको खुर्कोट-नेपालथोक, नेपालथोक-भकुण्डेबेंसी र भकुण्डेबेंसी-धुलिखेल खण्डको दुई हजार पाँच सय मिटर सडक रोशीको बाढीले पूरै बगाएको छ। त्यस खण्डमा सडकको नामोनिसाना नै छैन। उक्त राजमार्ग कहिले पूनर्निमार्ण हुन्छ ? यकिन छैन।

हालै भएको बाढी पहिरोबाट भएको क्षति र पुर्ननिर्माणका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ। 

बाढी तथा कटानले क्षति ग्रस्त बनेको बीपी राजमार्गको मुख्य मुख्य भागको हवाई निरिक्षण गरेपछि मन्त्रालयले आज पत्रकारसम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

मन्त्रालयका सचिव तथा प्राविधिकहरुको अवलोकन पछि बाढी र पहिरोले गरेको क्षति, सडक खुलाउन हाल सम्म भएका प्रयास र आगामी योजना लगायतका बारेमा जानकारी दिन मन्त्रालयले आज अपरान्ह पत्रकारलाई बोलाएको छ।  
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोलीले हेलिकप्टरमार्फत हिजो निरीक्षण गरेको थियो।  

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सपुरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने तथा नेपाली सेनाको विकाश निर्माण निर्देशनालयका धर्मेन्द्रकुमार झा सहितको टोलीले खुर्कोट पुल सम्म हवाई निरीक्षण गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा रक्षा मन्त्री मानवीर राई विच सडक मर्मत र पुननिर्माणलाई गति दिन दुवै मन्त्रालय विच सहकार्य गर्ने विषयमा छलफल भएपछि सचिव तथा प्राविधिकहरुको टोलीले क्षति ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो।

बाढीले राजमार्गमा ठुलो नोक्सानी पु¥याएको र अब मर्मत र पुननिर्माणलाई गति दिन थप श्रोत, प्राविधिक तथा जनशक्ति परिचालन गर्ने निरीक्षण पछि फर्किएको टोलीले जनाएको छ। 

तस्वीरमा हेर्नुहोस्

भिडियोमा हेर्नुहोस्