अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद‍्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ: स्वास्थ्यमन्त्री पौडेल

विपद‍्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ: स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ-स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद‍्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनु भएको छ। बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताउनु भएको हो।

मन्त्री पौडेलले उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउनु भयो । उहाँले सरकारी अस्पतालहरूमा विपद‍्बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको र विपद‍्बाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउनु भयो।

उहाँले विपद‍्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताउनु भयो। उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाउनु भयो।

उहाँले भन्नुभयो, ‘उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ। निजी अस्पतालहरुलाई पनि विपद‍्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ। उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन। अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन्।’ 

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो।