अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरोबाट क्षतिग्रस्त भएको सडक र पुल निर्माण गर्न २५ अर्ब लाग्ने

बाढी पहिरोबाट क्षतिग्रस्त भएको सडक र पुल निर्माण गर्न २५ अर्ब लाग्ने


काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त बनेको सडक तथा पुल पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ। 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गर्नुभयो।

मन्त्रालयद्वारा सार्वजनिक गरिएको ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ। तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।’