अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा


विराटनगर-ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ। भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय ढुङ्गामुढामा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो।

बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो। त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् । तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् ।