अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोमा परी २४४ जनाको मृत्यु, १९ बेपत्ताको कसरी हुँदैछ खोजी ?

बाढी-पहिरोमा परी २४४ जनाको मृत्यु, १९ बेपत्ताको कसरी हुँदैछ खोजी ?


काठमाडौं-हालैको बाढी-पहिराेमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 

‘बाढी-पहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उहाँले भन्नुभयो। सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताउनु भयो । बाढी पहिरोमा बेपत्ताको खोजी जारी रहेको सरकारले जनाएको छ । सरकारले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिमार्फत बेपत्ताको खोजी गरिरहेको छ ।