अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको रु.१ करोड ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको रु.१ करोड ५० लाख सहयोग


काठमाडौं-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकले रु.१ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। हालै देशभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले लगायत उपस्थित हुनुहुन्थ्यो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ।

चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामो कोषलाई धन्यवाद दिनुभयो।