अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न

इलामको सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न


इलाम-इलामको सूर्योदय नगरपालिकामा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको सहकार्यमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम १०८१ असोज १९ गते शनिवार सम्पन्न भएको हो।

सूर्योदय नगर क्षेत्र अन्तर्गत चल्ने सवारी साधनका धनी तथा चालक र सवारी व्यवसायसंग आवद्ध संघ–संस्थाका प्रतिनिधि तथा पदाधिकारीलाई सवारी समेतना कार्यक्रम सम्पन्न गरीएको सूर्योदय नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिनुभयो।

नगरको शुसासन विकास समितिका संयोजक सोनाम छिरिङ लामाको अध्यक्षता तथा सूर्योदय नगरपालिका इलामका नगर प्रमुख रणबहादुर राई प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक जीवन कमार कार्कीले प्रशिक्षण दिनुभएको थियो।

चाडपर्वलाई लक्षित एक दिने “सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना” कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो।

नगर भित्र संचालित तीन पाङ्ग्रे सवारी (अट्टो) तथा भेनका सवारी चालकको सहभागीता रहेको कार्यक्रममा सहभागीले बिभिन्न जिज्ञासा राखेका थिए।