अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त प्रधानन्यायाधीश राउतद्वारा शपथ (तस्बिरहरु)

नवनियुक्त प्रधानन्यायाधीश राउतद्वारा शपथ (तस्बिरहरु)


काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण भएको हो। 

यसअघि राष्ट्रपति पौडेलले आजै बिहान राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।