अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिटर्नी फेडेरेसनद्वारा गोदावरीको लेलेमा पहिरो पीडितलाई राहत वितरण

रिटर्नी फेडेरेसनद्वारा गोदावरीको लेलेमा पहिरो पीडितलाई राहत वितरण


ललितपुर-नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ। फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिही गाँउ क्षेत्रमा केन्द्रीय टोलीले राहत वितरण गरेको हो।

पहिरोमा परी गोदावरी गरपालिका वडा-५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो भने मृतकका श्रीमान हरि महत भने घाइते हुनुभएको थियो। उहाँको १३ महिनाको शिशु र आमाको सोही घटनाबाट मुश्किलले ज्यान बाचेको थियो। घर पूर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनको केन्द्रीय टोलीले उहाँहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो।

रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटनामा धेरै घरपरिवारमा पहिरोले अपुरणीय क्षति पुर्याएको बताउनुभयो। रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले दुःखको बेला घटनास्थलको अवलोकनको लागि स्थानीय रिटर्नीहरुसँग आएको बेला केही सामाग्री वितरण गरेको जानकारी दिनुभयो।

हृदयविदारक अवस्थामा अप्ठ्यारो अवस्थाको साथीको रूपमा संगठनका सदस्यहरुसङ्ग संकलन गरिएको रकमबाट खाधान्न र लत्ताकपडा वितरण गरिएको उहाँले बताउनुभयो।

यसैगरी, पहिरोले क्षति पुर्याएको रुपेश सिलवाल र दिपेश सिलवालको दुई परिवार र सन्तोष सिलवालको परिवारलाई फेडेरेसनको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले बताउनुभयो। रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट पीडितहरुको यथाशीघ्र राहत र पुनर्निमाणमा सहयोग गर्न सरकारसँग माग गरेको छ।

घटनास्थलको अवलोकन र केही राहत समेत वितरण गर्न केन्द्रीय पदाधिकारी, बागमती प्रदेश र ललितपुर जिल्लाको समन्वयमा रिटर्नी फेडेरेसनबाट स्वयंसेवकको रूपमा केन्द्र र प्रदेशका पदाधिकारीहरू सो क्षेत्रमा पुगी घरबार विहीन भै अरूको सहारामा बाच्नुपर्ने अवस्थामा पुगेकालाई सहयोग प्रदान गरिएको फेडेरेसनका बाग्मती प्रदेश अध्यक्ष हेम राईले जानकारी दिनुभयो। 

यसअघि असोज १५ गते बसेको रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठकले प्रकोपले क्षति पुर्‍याएका हरेक प्रदेशमा आवश्यकताअनुसार अप्ठ्यारोमा परेकाको उद्धारमा जुट्न आग्रह गरेको थियो। रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट पीडितहरूको यथाशीघ्र राहत र पुनर्निर्माण सहयोग गर्न सरकारसँग माग गरेको छ।