अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबि बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

एनएमबि बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग


काठमाडाैँ-एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ।

बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गर्नुभयो।

बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।