अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


सिन्धुली-काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो। 

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।