काठमाडौं-नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा-२ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले कीर्तिपुर नगरपालिका वडा-२ कलंकी ढुंगेअड्डामा ‘मदन भण्डारी स्मृति भवन’ निर्माण गर्ने निर्णय गरेको हो।
आज बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
२०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ। ललितपुरको च्यासलस्थित वर्तमान केन्द्रीय कार्यालयमा पटकपटक बाढी पसेर क्षति पुगेपछि यो नयाँ भवन निर्माण गर्न लागिएको हो।
भोलि शुक्रबार अपरान्ह १२ बजेर २५ मिनेटमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया