अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र र परिवर्तनको पक्षमा उभिन एमालेको आह्वान

लोकतन्त्र र परिवर्तनको पक्षमा उभिन एमालेको आह्वान


काठमाडौं-नेकपा (एमाले)ले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ।

आज एमाले पार्टी मुख्यालय च्यासलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

उपमहासचिव ज्ञवालीकाअनुसार बैठकले समाजमा निराशा, नकारात्मकता र विद्वेष फैलाउने प्रवृत्ति देखिएको भन्दै देश निर्माणाधीन छ भन्ने सकारात्मक सन्देश दिन पार्टी पंक्तिलाई आग्रह गरेको छ। साथै, हालैको बाढीपहिरोबाट प्रभावितहरूको पुनःस्थापना, राहत र खोजी कार्यमा सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित निरन्तर सहयोग गर्न आह्वान गरिएको छ।

यसैगरी, आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा सचिवालय बैठकले कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूलाई आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। उपनिर्वाचनमा सक्रिय रूपमा परिचालन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिइएको छ।