अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी वर्षको महानवमीमा उद्घाटन गर्ने गरी एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय आज शिलान्यास गरिदै

आगामी वर्षको महानवमीमा उद्घाटन गर्ने गरी एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय आज शिलान्यास गरिदै


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पाटी कार्यालय भवन शिलान्यास गर्दैहुनुहुन्छ ।
दिउसो १२.२५ बजे किर्तिपुर नगरपालिका वडा नं २ मा अत्याधुनिक भवन शिलान्यास गर्न लागिएको हो । मदन भण्डारी स्मृति भवन नाम राखिएको सो भवन ११ रोपानी जग्गामा फैलिएको हुनेछ । भवनको लागत कति छ भन्ने कुरा खुलाइएको छैन ।
पार्टीको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले आज पार्टी कार्यालय आज शिलान्यास गर्ने निर्णय गरेको हो । अति गोप्य तयारीका बीच पार्टी कार्यालयका लागि जग्गा खोज्ने,डिजाइन बनाउने र शिलान्यसको कार्यक्रम तय गरिएको थियो । एक पदाधिकारीका अनुसार सबै तयारी पुरा भएपछि मात्र सचिवालय तहका नेताहरुले यसबारेमा जानकारी पाएका हुन् ।
आज महानवमीको अवसरमा शिलान्यास गरिने भवन अति द्रुतगतिमा निर्माण गर्ने तयारी छ । आगामी वर्षको महानवमी कै दिन सो अत्याधुनिक भवन उद्ध्घाटन गर्ने का साथ भवन निर्माण सुरु गरिने प्रचारर तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।गौतमका अनुसार भवन प्रविधि मैत्री,अपांग मैत्री,ज्येष्ठ नागरिक मैत्री हुनेछ ।
भवन कति तलाको हुन्छ भन्ने खुलाइएको छैन । तर कम्तीमा दुईतला भूमिगत पार्किङ हुनेछ । उक्त पार्किङमा दुईसय वटा भन्दा बढी गाडी पार्किङ गर्न मिल्नेछ । पार्टी कार्यालयको प्रांगणमा कुनै सवारी साधन पार्किङ नगर्ने,प्रांगणमा फलैंचा र फुलबारीले सजाइने छ । पार्टीका एक पदाधिकारीका अनुसार सचिव भन्दा माथिल्लो तहका नेताका लागि अलग अलग कोठा सहितको कार्यकक्ष निर्माण गरिनेछ । पार्टीका तीनवटै कमिटी,पदाधिकारी,स्थायी,पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकका लागि अलग अलग सुविधा सम्पन्न हल हुनेछन् । पार्टीका जनवर्गीय, विभाग र प्रतिष्ठानहरुका कार्यक्रम मिल्ने गरी हलहरुको निर्माण गरिनेछ । ति पदाधिकारीका अनुसार नवनिर्मित भवन ६० वर्ष भन्दा बढीको आयुको हुने गरी डिजाइन गरिएको छ ।
२०७२ को भूकम्पले पार्टीको बल्खु स्थित कार्यालय भत्काएपछि धुम्बाराही,थापाथली हुँदै हाल तुलसीलाल स्मृति प्रतिष्ठानबाट एमालेको केन्द्रीय कार्यालय सञ्चालन भइरहेको छ । वर्षाको समयमा डुबानमा परेर लाखौंको सम्पती र महत्वपूर्ण दस्तावेजमा क्षति पुग्ने गरेको छ । यसपालीको बाढीले मात्र चार पटक कार्यालय डुबानमा परेको छ ।