मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ।
टीकाको शुभसाइतमा उहाँले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ। उहाँले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावकासाथ दसैँ मनाउन आग्रह गर्नुभएको छ।
कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याएकाले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन उहाँले आग्रह गर्नुभएको हो।
प्रतिक्रिया