अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दसैँको सार्वजनिक बिदा सकियाे, आजदेखि सरकारी कार्यालय खुल्दै

दसैँको सार्वजनिक बिदा सकियाे, आजदेखि सरकारी कार्यालय खुल्दै


काठमाडौँ-दसैँको सार्वजनिक बिदा आजदेखि सकिएको छ। सोही अनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्ने छ।

सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो।यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ। जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।