अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा ज्यान गुमाएका डाँगीको शव नेपाल ल्याउन पहल गर्ने महासचिव पोखरेलको प्रतिबद्धता

ब्राजिलमा ज्यान गुमाएका डाँगीको शव नेपाल ल्याउन पहल गर्ने महासचिव पोखरेलको प्रतिबद्धता


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले ब्राजिलमा ज्यान गुमाएका एक नेपालीको शव छिटो नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

दाङको तुलसीपुर-१८ बालुवाका दुर्गा डाँगीको शव छिटो नेपाल ल्याउन पहल गर्ने पोखरेलले बताउनुभयो। पोखरेलले मृतक डाँगीको घरमा नै पुगेर सो प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको हो।

ब्राजिलमा शरणार्थीका रूपमै रहेका बखत बिरामी परेपछि उहाँको १२ दिन अघि उपचारको क्रममा ज्यान गएको थियो। मृतकको शव अझै नेपाल ल्याउन सकिएको छैन।

दुर्गाको शव नेपाल ल्याउनका लागि काउन्सिलर विभाग र परराष्ट्र मन्त्रालयमा आवश्यक पर्ने कागजपत्र तयारीमा आवश्यक सहयोग गरिदिन पोखरेले तुलसीपुर–१८ का वडाध्यक्ष माधव वली र नगर प्रमुख टीकाराम खड्कालाई आग्रह गर्नुभयो।

महासचिव पोखरेलले दुर्गाकी श्रीमती, बुवा, आमा र परिवारका सदस्यहरूलाई जतिसक्दो चाँडो दुर्गाको शव नेपाल ल्याउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो।