अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: ६ जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: ६ जनाको उद्धार


विराटनगर-मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा आज (मंगलबार) ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको छ्।

यात्राका क्रममा झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका-१५ रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको हो। यात्राको पहिलो दिन सोमबार १० जनाको उद्धार गरिएको थियो।

आज उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएकाहरुको उद्धार तथा सेवामा खटिएको हो ।

उद्धार गरिएका सडक आश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा आज नै गृहप्रवेश गराइएको छ । साथै, भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको उद्धार हुने मानव सेवा आश्रमले जनाएको छ।