अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिनबहादुर गुरुङले स्वेच्छाले दान दिएका हुन् कुनै लेनादेना छैन: राजेन्द्र गौतम

मिनबहादुर गुरुङले स्वेच्छाले दान दिएका हुन् कुनै लेनादेना छैन: राजेन्द्र गौतम


काठमाडौं-नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन बनाउने विषयमा मिडिया र सामाजिक सञ्जालमा अनावश्यक विवाद सिर्जना गरेर दुष्प्रचार भइरहेको बताउनुभएको छ।

मंगलबार एक प्रेस नोट जारी गर्दै प्रमुख गौतमले मिनबहादुर गुरुङ र सावित्री गुरुङले स्वइच्छाले दान दिएको विषयमा कुनै लेनदेन नभएको स्पष्ट पार्नुहुँदै पार्टी र नेतृत्वविरुद्ध नलाग्न चेतावनी दिनुभयो।

‘नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको छ’ प्रमुख गौतमले भन्नुभएको छ, ‘तथ्य के हो, एकजना दानवीर मिनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यलयको दुराअवस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो। यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नु भयो, एमालेले ग्रहण गर्‍यो।’

‘तथ्य नबुझी बदनाम नगरौँ । पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो। यसमा पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्‍यो। सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौँ, सोसल मिडियाको दुरुपयोग नगरौँ’ गौतमले भन्नुभएको छ।