अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ: प्रधानमन्त्री ओली

नेपालको शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई नजिकबाट देखेको र समस्या बुझेको बताउनु भएको छ।

६९ औँ प्रहरी दिवसका अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै असाधारण र प्रशंसनीय रहेको बताउनु भयो।

प्रधानमन्त्री ओलीले भन्नभयो, ‘शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको छ। प्रहरीलाई नजिकबाट देखेको र समस्या बुझेको छु। ५१ वर्षअघि जेल पर्दा होस् वा ३० वर्षअघि गृहमन्त्री हुँदा नजिकबाट देखेको छु।’

उहाँले नेपाल प्रहरीलाई पर्याप्त सुविधा, पेट्रोल, अनुसन्धानका सामाग्रीहरूमा कमी भएको आफूले देखेको पनि बताउनु भयो।

उहाँले प्रहरी सम्बन्धी कानुन सुधारका लागि मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरिसकेकाले आगामी संसद् अधिवेशनबाट पारित गरिने भन्दै उक्त कानुन बनेपछि नेपाल प्रहरीमा नयाँ दिनको उदय हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले हिजो र आजको स्थितिमा भिन्नता आए पनि समयको माग र आवश्यकता अनुसार शान्ति सुव्यवस्थाका लागि प्रहरीलाई आवश्यक सामाग्री अझै उपलब्ध हुन नसकेको भन्दै यसबारेमा सरकारको ध्यान पुगेको बताउनु भयो। लोकतान्त्रिक समाजलाई स्वतन्त्रताका नाममा छाडातन्त्र बनाउन नसकिने भन्दै प्रधानमन्त्रीले त्यसतर्फ सचेत हुन जरुरी रहेकोमा जोड दिनुभयो ।