अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंमा पनि भौतिकमन्त्री दाहाल अनुगमन र भेटघाटमा व्यस्त

दशैंमा पनि भौतिकमन्त्री दाहाल अनुगमन र भेटघाटमा व्यस्त


काठमाडौं–दशैं मनाउनका लागि गृहजिल्ला झापा पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यस वर्ष टीका लगाउनु भएन। नवरात्रकै समयमा परिवारमा सन्तानवृद्धी अर्थाता नातिको जन्म भए पछि उहाँले टीको नलगाउनु भएको हो। तर टीका नलगाए पनि दशैंको पारिवारीक समयलाई समेत कटौती गरि उहाँले विभिन्न योजनाहरुको निरीक्षण एवम् अनुगमन गर्नु भएको छ।

दशैंका लागि झापाको दमक पुग्नु भएका मन्त्री दाहाल परिवार र आफन्तसँग मात्र बस्नुको साटो मदन भण्डारी राजमार्गको निरीक्षणका निस्कनु भयो। मोरङ्को केरावारी, लेटाङ्, मधुमल्ला हुँदै झापाको दमक भएर ईलामको चुलाचुली हुँदै उहाँ सहितको टोलीले मदन भण्डारी राजमार्गको विभिन्न खण्डाको निरीक्षण ग¥यो। मोरङ्बाट शुरु भएको अनुगमन ईलामको चुलाचुलीबाट पूर्वहुँदै झापाको खुदुनावारी पुगेर पुनः ईलामतर्फ प्रवेश गरेको थियो। मोरङ्को लेटाङ्मा मदन भण्डारीको शालिकमा माल्यार्पण गरि जारी रहेको निरीक्षणका क्रममा उहाँले झापा विद्रोहको सहादत स्थल ईलामको माई स्थित सुखानीमा पुगि सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। विभिन्न स्थानका जनताहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा सो राजमार्ग निरीक्षणको अन्तिम विन्दू माई नगरपालिकामा समेत जनप्रतिनिधीहरु सहितको छलफलमा मन्त्री दाहाल सहभागि हुनु भयो।

रुख हटाउन, बस्ति जोगाउन माग
मदन भण्डारी राजमार्गको निरीक्षणका क्रममा विभिन्न स्थानीय तहका जनप्रतिनीधि एवम् स्थानीयले उस्तै उस्तै समस्याहरु सुनाए। केरावारी, लेटाङ्, मिक्लाजुङ् तथा दमकको केहि खण्डमा सडकको माझैमा रहेका रुखका कारण राजमार्ग निर्माणले गति नपाएको गुनासो थियो।

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिन, लेटाङ् नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, मिक्लाजुङ् गाउँपालिकाका अध्यक्ष बबीकुमार राई लगायतले सडकमा रहेका रुख हटाउने कार्यको प्रवन्ध गरि दिन माग गरे । यस्तै मोरङ्कै लेटाङ् बजारमा सडक बिस्तारका क्रममा बस्ति विस्थापनको खतरा रहेको भन्दै सोहि क्षेत्रका सांसद डिकबहादुर लिम्बूले मन्त्री दाहालको ध्यानाकर्षण पनि गराउनुभयो । यस्तै पूर्व सांसद एवम् एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले समेत केहि पुल तथा राजमार्ग निर्माणमा देखिएका समस्या समाधानका लागि आग्रह गरे।

निर्माण अवरुद्ध हुन नदिने प्रतिवद्धता
मोरङमा कांग्रेस नेता डिकबहादुर लिम्बूले स्वागत गर्नु भएका मन्त्री दाहाललाई ईलाममा सांसद सुहाङ् नेम्वाङ्ले स्वागत गर्नु भयो । सो पश्चात माई नगरपालिका सम्म विभिन्न खण्डमा अनुगमन भयो । माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले ठेक्का व्यवस्थापन हुन नसकेको सडक खण्डलाई प्रकृयामा लैजान माग गर्नु भयो । यस्तै झापाको कन्काई नगरपालिका स्थित सुरुङ्गामा समेत स्थानीयहरुले विभिन्न विकास निर्माणका कार्यलाई गति दिन माग गरे।

स्थानीयको गुनासो सुने पछि मन्त्री दाहालले काठमाडौ फर्र्किए लगत्तै वन मन्त्रालय लगायत आवश्यक निकायहरुसँग छलफल गरि समस्याको समाधान खोजिने बताउनुभयो ।

फर्कनु अघि सम्म अनुगमन
दशैंको टीका लगाउने क्रम चलि रहेकै बेला उहाँ काठमाडौ फर्कनु भयो। तर त्यस बेला सम्म पनि उहाँ गृहजिल्लाका विभिन्न योजनाहरुको अनुगमन, स्थानीयसँगको भेटघाट लगायतमा व्यक्त हुनु भयो। उहाँले झापाको कमल गाउँपालिका स्थित मंगलबारे–शिवगञ्ज सडक खण्डको निरीक्षण गर्नुभयो । यसै गरि विभिन्न खानेपानी योजनाहरुमा रहेको समस्या समाधानका लागि समेत स्थानीयले माग गरेका थिए।

विभिन्न शोकका कार्यक्रममा समेत सहभागी मन्त्री दाहाल झापाको सुरुङ्गामा हरेक वर्ष हुने सन्थाल सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुनुभयो । त्यस कार्यक्रमका प्रमुख अतिथी रहनु भएका मन्त्री दाहालले नेपालका हरेक संस्कार, संस्कृतिको संरक्षण हरेक नागरिकको दायित्व भएको बताउनु भएको थियो ।