अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक


विराटनगर-नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले आज आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले बुझाएको न्युनतम साझा कार्यदल सार्वजनिक भएको हो ।

असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ हुनुहुन्थ्यो ।