अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को विशेष अधिवेशन बोलाउन सम्भव छैन: महेश बर्तौला

संसद्को विशेष अधिवेशन बोलाउन सम्भव छैन: महेश बर्तौला


काठमाडौं- सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको विशेष अधिवेशन बोलाउने सम्भव नभएको बताउनु भएको छ। 

विशेष अधिवेशन भनेर बोलाउनुपर्ने कुनै कारण नभएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘हाउस अन्त्य भएको धेरै भएको छैन। अहिले चाडपर्वको बेला छ। विशेष अधिवेशन भनेर बोलाउनुपर्ने कुनै कारण छैन। राजनीतिमा यो भन्दा बढी बच्पना के हुनसक्छ। विशेष अधिवेशन केका लागि हो ? यो संसदीय ज्ञान अभावको कारणले प्रकट भएको अभिव्यक्ति हो।’

मुख्य सचेतक बर्तौलाले रास्वपालाई लक्षित गर्दै अपरिपक्वताको कारणले अहिले विशेष अधिवेशनको कुरा उठाएको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘बजारमा देखिने शैली हरेक ठाउँमा उपयुक्त हुँदैन। यस्ता प्रवृत्ति आजको राजनीतिमा देखिन खोजेको छ। यो बेठिक कुरा हो। बिना कारण बिना सन्दर्भ अहिले किन चाहिएको छ ? संसद् आफ्नो प्रक्रियाअनुसार बन्द गरेर अघि बढेका छौँ। अब सरकारले आवश्यक भए पनि बोलाउँछ। यो अहिले उहाँहरूले माग गर्नासाथ सम्भव हुन्छ भन्ने देखिँदैन। यो अपरिपक्वताको कारण हो। संसदीय मूल्य मान्यता पनि उहाँहरूले बुझ्नुभएको छैन।’

मङ्गलवार रास्वपाले दुई तिहाइको सरकार कामचलाउ जस्तो भएको भन्दै प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको थियो।