अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि पक्राउमा प्रधानमन्त्री विरुद्ध नाराबाजी हुनु अत्यन्त आपत्तिजनक: एमाले नेता रिजाल

रवि पक्राउमा प्रधानमन्त्री विरुद्ध नाराबाजी हुनु अत्यन्त आपत्तिजनक: एमाले नेता रिजाल


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारावाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्ति जनाउनु भएको छ। नेता रिमालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्तिको विरोध जनाउनु भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी र सामाजिक सञ्जाल एवं विभिन्न माध्यमबाट गालीगलौज दिएपछि नेता रिजालले आपत्ति जनाउनु भएको हो। उहाँले भन्नुभएको छ, ‘सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका तत्कालीन कर्यकारी निर्देशक रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नारावाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक छ।’

दुईपटक गृहमन्त्री र उपप्रधानमन्त्री बन्नमा प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सहयोग गरेको नेता रिजालले दाबी गर्नुभएको छ। उहाँ दाबी गर्दै भन्नुहुन्छ, ‘व्यक्तिगत रुपमा दुई पटक रविजीलाई गृहमन्त्री र उपप्रधानमन्त्री बनाइदिने र संसदीय छानबिन समिति बनाउँदा पनि व्यक्तिको नाम किट्नु पर्दैन भन्ने नेताविरुद्ध व्यक्तिगत तहको गालीगलौजमा उत्रिनु कृतघ्तनाको नमूना हो।’

नेता रिजालले रवि लामिछाने गृहमन्त्री हुँदा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्रेर जनकपुर लगेको स्मरण गराउनु भएको छ।

‘स्मरणमै होला, रविजीलाई सहकारी ठगीमा कारवाही हुनैपर्छ भनेर संसद् अवरुद्ध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक गृहमन्त्री हुनुहुन्छ। साथै, रविजी गृहमन्त्री हुँदा ‘कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टिकापुर पुर्याउँछु’भन्ने दम्भ सुन्नेहरु पनि होलान्। यी सबैका बावजुद अदालतको अनुमति लिएर मात्र अघि बढ्ने प्रहरीको कानूनसम्मत कदम (रविजीका पालामा कैलाश सिरोहियालाई जस्तो पहिले पक्रेर पछि अदालतबाट अनुमति लिएको होइन) सुझबुझपूर्ण र परिपक्व छ। अतः कानुनी प्रतिरक्षाबाहेक रास्वपाका नेता-कार्यकर्ता (विशेषगरी पूर्व कांग्रेसी)हरुले जति व्यक्तिगत गालीगलौज गर्छन्, त्यति गाह्रो मात्रै पर्दै जानेछ।’