अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री दाहालद्वारा इन्जिनियरिङ परीक्षाको निरीक्षण

मन्त्री दाहालद्वारा इन्जिनियरिङ परीक्षाको निरीक्षण


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज इन्जिनियरिङ लाइसेन्स परीक्षाको पर्यवेक्षण एवम् निरीक्षण गर्नु भएको छ ।

पुलचोक ईन्जिनियरीङ् क्याम्पसमा पुगेर उहाँले जारी परीक्षाको निरीक्षण गर्नुका साथै नेपालको ईन्जिनियरीङ् क्षेत्रको अवस्थाको बारेमा छलफल पनि गर्नुभयो । परीक्षाको पर्यवेक्षण एवम् निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत सहभागी रहनु भएको थियो। नेपाल ईन्जिनियरीङ् काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीका अनुसार यस पटक ५ हजार १ सय ५१ ईन्जिनियरले लाईसेन्सको परीक्षा दिँदैछन् ।