अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। 

बैठकमा सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सरकारको कामका बारेमा पनि समिक्षा हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

गौतमका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पछि भएका राजनीतिक र गैह्र राजनीतिक क्रियाकलापका बारेमा पनि एमाले सचिवालय बैठकमा छलफल हुनेछ।

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो। कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आइतबार अनुमति पनि दिएको छ।