अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्य दलका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नगर्न महासचिव पोखरेल सुझाव

अन्य दलका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नगर्न महासचिव पोखरेल सुझाव


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिनुभएको छ।

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा लिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महासचिव पाेखरेलले साे कुरा बताउनु भएको हाे ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्ताहरूले एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न आग्रह गर्नुभएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि!’

साथै उहाँले नेकपा एमालेलाई कस्तो बनाउने एमाले जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र, राष्ट्रको आवश्यकता के हो ? भन्ने नेकपा एमालेलाई राम्ररी थाह भएको बताउनु भएको छ।

नेकपा एमाले आजकाे कुरा मात्र हाेइन भविष्यको कुरामा केन्द्रित भएकाे उहाँले बताउनु भयाे । ‘त्यही भएर नै नेकपा(एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ’, महासचिव पोखरेलले भन्नुहुन्छ, ‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ।’