अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्की र नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीबीच भेटवार्ता

मुख्यमन्त्री कार्की र नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीबीच भेटवार्ता


विराटनगर-कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनाका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले बताउनुभयो।

राजदूत बनेर आएपछि पहिलो पटक मुख्यमन्त्री कार्कीसँग उहाँले भेट गर्नुभएको हो। स्वीस सरकारको सहयोगमा सञ्चालिन परियोजनाहरुमा अहिलेसम्म भएको प्रगतिका र आगामी सहकार्यका विषयमा छलफल भएको हो। उहाँहरुबीच कोशी प्रदेश सरकारले यो आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिनुभयो। भेटवार्तामा स्वीस राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्वीस सरकार तयार रहेको र क्षेत्र मिल्ने परियोजनाहरुमा सहकार्य भइरहने बताउनुभयो।

कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा खानेपानी तथा सिचाइँ मन्त्रालय अन्तरगत ८ वटा पहाडी जिल्लामा साना सिचाइँ आयोजना, झोलुंगे पुलमा प्राविधिक सहयोग तथा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्र्तगत शीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरु सञ्चालनमा छन्। यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत सुशासनसँग सम्बन्धित पिएलजिएसपी परियोजना सञ्चालनमा रहेको छ। त्यस्तै सामाजिक विकास अन्तर्गत नै युवा उद्यमशिलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धन सम्बन्धी परियोजनाहरु सञ्चालन भइरहेको छ ।