काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा वन ऐन लागू हुनु नहुने बताउनु भएको छ।
सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु नहुने बताउनु भएको हो।
मन्त्री दाहाल भन्नुभयो, ‘विकासका लागि हाम्रा ऐनहरु बाधक छन्। त्यसमा कि त राष्ट्रिय गौरवका आयोजना भन्नुभएन। कि त राष्ट्रिय गौरवको आयोजनाको सन्दर्भमा वन ऐन आकर्षित हुनुभएन। म भर्खरै मदन भण्डारी राजमार्गको अवलोकन गर्न गएको थिएँ। बाटो बनिसकेको छ, बिचमा रुखहरू छदैँ छन्। पुल बनिसकेको छ। रुख नहटाएको कारणले बाटो चलेको छैन। त्यसकारण ऐनहरु बाधक हुनु भएन।’
मन्त्री दाहालले ऐनहरू विकासका लागि बाधक भइरहेका दाबी गर्नुभो। विकासका लागि ऐनहरु बाधक हुनु नहुने भन्दै उहाँले वन ऐन पनि विकासका लागि बाधक हुनु नहुनेमा जोड दिनुभयो
नेपालमा ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र भएको भन्दै वन क्षेत्र कति चाहिने हो भन्नेकुरा पनि निश्चित हुनुपर्ने उहाँले बताउनु भयो।
प्रतिक्रिया