अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान

सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान


सिन्धुली-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गर्नु भएको छ।

२०८१ असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उहाँले सम्मान गर्नु भएको हो। मंगलबार बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुग्नु भएका मन्त्री दाहालले बिपत्तीका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सवै पक्ष धन्यवादको हकदार रहेको पनि बताउनुभयो।


सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो। त्यस क्रममा उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ् सहित स्थानीय जनप्रतिनिधी, राजनीतिक दलका नेताहरु एवम् सरकारी अधिकारीहरुले मन्त्री दाहालको स्वागत गरेका थिए।

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुननिर्माण पश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा ल्याईएको हो।