अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगी प्रकरण

युवराज सफलद्धारा रास्वपाका दुई उपसभापतिसहित ९ जनालाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी

युवराज सफलद्धारा रास्वपाका दुई उपसभापतिसहित ९ जनालाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी


काठमाडौं-अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापतिसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रहरीमा जाहेरी दिनुभएको हो।

सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गर्नुभएको छ।