अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनराज गुरूङकी पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस

धनराज गुरूङकी पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस


काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्व रेड कर्नर नोटिस जारीका लागि सिफारिस गरेको छ।

सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को-ओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ।

सीआईबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। त्यही सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ।