अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानमा सहभागी हुन प्रधानमन्त्री ओलीको सन्देश

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानमा सहभागी हुन प्रधानमन्त्री ओलीको सन्देश


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले केही जिल्लामा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको भन्दै एक सन्देश जारी गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल नष्ट गर्न आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले सन्देश जारी गर्नुहुँदै भन्नुभएको छ, ‘नेपालका केही जिल्लाहरुमा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको छ। यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँहरु खोजी लाम्खुट्टेका लार्भा/प्युपा नष्ट गर्ने कार्यलाई कम्तिमा हप्ताको एक पटक शुक्रबार १०:०० बजे १० मिनेट देशब्यापी अभियानको रुपमा संचालन गर्न म सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानताहरुका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गर्दछु । नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ ।’