अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक, काे-काे सहभागी ? (भिडिओ)

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक, काे-काे सहभागी ? (भिडिओ)


काठमाडौं-सत्तारुढ दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस, लोसपा, जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन्। 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ। साथै बैठकमा सरकारको सय दिने कामको समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ। यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरुबीच एकमत बनाउनको लागि आजको बैठकमा छलफल गर्ने सहमति भएको थियो।