अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो कार्यक्रम गर्ने

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो कार्यक्रम गर्ने


काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चले २०८१ सालको शुभ दिपावलीको अवसरमा शुभकामना आदान-प्रदान तथा सामूहिक देउसी-भैलो कार्यक्रम गर्ने भएको छ।

सामूहिक देउसी-भैलो कार्यक्रम (भोलि) कात्तिक १३ गते मंगलवार काठमाडौंको मध्य बाानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा गर्न लागेको हो।

नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दिपावली (तिहार), नेपाल सम्वत् तथा छठको अवसरमा कात्तिक १३ गते मंगलवार मध्यबाानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहान ११ बजे सामूहिक देउसी-भैलो कार्यक्रम गर्न लागेको नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दीपक दाहाले जानकारी दिनुभयो।

गत वर्ष झैं यस वर्ष पनि नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ देउसी-भैलो कार्यक्रम आयोजना गर्न लागिएको सम्पर्क मञ्चका अध्यक्ष दाहाले बताउनुभयो।

चेलीले माइतीको दिर्घायु र ऐस्वर्यको लागि कामना गर्ने पर्वका रुपमा मनाइने   शुभ दिपावली २०८१ को अवसरमा विगत वर्षहरुमा झैं यस वर्ष पनि जन्मथलो छाडेर कर्मथलो काठमाडौं उपत्यका अस्थायी र स्थायी बसोबास गर्ने तथा देश-विदेश जुनसुकै ठाउँमा रहनुभएका तमाम आदरणीय वुवा-आमा, दाजु-भाइ तथा दिदी-बहिनी, नर-नाता, इष्टमित्र लगायत नेकपा एमालेका नेता तथा कार्यकता, एमाले शुभेच्छुक, शुभचिन्तक तथा समर्थकहरुलाई एउटै थलोमा जम्मा भई भेटघाट, शुभकामना आदान–प्रदान साथै सांस्कृतिक पर्व देउसी-भैलीमा रमाइलो गर्दै भव्य र सभ्य रूपमा सफल बनाइ दिनका निम्ति उपस्थितिका लागि अध्यक्ष दाहालले हार्दिक अनुरोध गर्नुभएको छ।

नेकपा (एमाले) खोटाङ-काठमाडौं सम्पर्क मञ्चमा आवद्ध पदाधिकारी, मञ्चका सदस्यहरु, पालिका, क्षेत्रीय सम्पर्क मञ्चका सम्पूर्ण सदस्यहरु, मञ्चका सल्लाहकारहरु, नेता-कार्यकर्ता तथा एमाले शुभेच्छुक, शुभचिन्तक सम्पूर्ण महानुभावहरुलाई निमन्त्रणा गरिसकिएकोले देउसी भैलो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य सब्य र सफल बनाइ दिनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवं एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका सहइन्चार्ज नवराज रोकाले अनुरोध गर्नुभएको छ।

देउसी-भैलो कार्यक्रमलाई सफललतापूर्वक सम्पन्न गर्नका लागि विगतमा झैं यस वर्ष पनि सम्पूर्ण तयारी भएको सहइन्चार्ज रोकाले जानकारी दिनु भयो। उहाँले भन्नुभयो, ‘हामी देउसी भैलो कार्यक्रम सफल बनाउन आवश्यक तयारीमा जुटिसकेका छौं। यो कार्यक्रम इतिहास, पहिचान, गरिमा र आर्थिक सहयोग संकलनसँग पनि जोडिएको छ। त्यसैले सोही मर्म अनुसार बृहत् रुपमा देउसी भैलो खेल्ने तयारीमा जुटिरहेका छौं।’