काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले शुभ दिपावलीको अवसरमा शुभकामना आदान-प्रदान तथा सामूहिक देउसी-भैलो कार्यक्रम गर्ने भएको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दिपावली (तिहार), नेपाल सम्वत् तथा छठको अवसरमा यही कात्तिक १६ गते शुक्रवार बिजुलीबजार काठमाडौंस्थित क्रिस्टल पार्टीप्यालेसमा दिउँसो १ बजे सामूहिक देउसी-भैलो कार्यक्रमको आयोजना गर्न लागेको नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो।
गत वर्ष झैं यस वर्ष पनि नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ देउसी-भैलो कार्यक्रम आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष थापाले बताउनुभयो।
एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले शुभ दिपावली, नेपाल सम्वत् तथा छठको अवसरमा काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा कात्तिक १६ गते शुक्रवार दिउँसो १ बजे सामूहिक देउसी-भैलो कार्यक्रम गर्न गइरहेको हुनाले जन्मथलो उदयपुर छाडेर कर्मथलो काठमाडौं उपत्यका अस्थायी र स्थायी बसोबास गर्नुहुने आदरणीय नेता, बुद्धिजीवि, समाजसेवी, व्यावसायी, शिक्षक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी, कलाकार, वुवा-आमा, दाजु-भाइ, दिदी-बहिनी, इष्टमित्र एवं एमाले शुभेच्छुक, शुभचिन्तक, समर्थकहरु साथै सम्पर्क मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु, मञ्च सल्लाहकारहरु तथा उदयपुरका चारवटा पालिका र चारवटा नगरपालिकाका सम्पूर्ण महानुभावहरुलाई एउटै थलोमा जम्मा भई भेटघाट, शुभकामना आदान–प्रदान साथै देउसी-भैलीमा रमाइलो गर्दै भव्य र सभ्य रूपमा सफल बनाइ दिनका निम्ति उपस्थितिका लागि अध्यक्ष थापाले हार्दिक अनुरोध गर्नुभएको छ।
धार्मिक, सांस्कृतिक, रितिरिवाज, परम्परा, संरक्षण, संवर्धन एवम् प्रवर्धन गर्नका निम्ति देउसी भैलो खेल्न लागेको एमाले कोशी प्रेदश सम्पर्क कमिटीका सदस्य तथा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज सरोज थापाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपालीहरुको दशैंपछि ठूलो चाड तिहार हो। त्यसैले धार्मिक, सांस्कृतिक, रितिरिवाज, परम्परा, संरक्षण, संवर्धन एवम् प्रवर्धन गर्नका त्यसको जगेर्ना गर्नु नै देउसी भैलो कार्यक्रमको मुख्य उद्देश्य हो। त्यसैमा केन्द्रित भएर देउसी भैलो खेल्ने प्रयास गर्ने छौं।’
नेकपा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चमा आवद्ध नगरपालिका, पालिका नगर/क्षेत्रीय सम्पर्क मञ्चका सम्पुर्ण सदस्यहरु, मञ्चका सल्लाहकारहरु , मञ्चसँग आवद्ध नेता तथा शुभेच्छुक, शुभचिन्तक सम्पूर्णलाई निमन्त्रणा गरिसकिएकोले देउसी भैलो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सव्य र सफल बनाइ दिन समेत मञ्चका इन्चार्ज थापाले अनुरोध गर्नुभएको छ।
प्रतिक्रिया