काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पटक पटक काम गर्ने मौका दिएको दाबी गर्नुभएको छ।
आज एमाले चितवनले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो। उहाँले नयाँ आएका नेतालाई परीक्षण नै नगरी खराब भन्नु ठिक नहुने भन्दै आफूहरू पटक-पटक लामिछानेलाई काम गर्ने मौका दिएको उहाँले बताउनु भयो।
‘रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौं र काम गर्ने मौका दियौं । दुई-दुई पटक हाम्रै कारणले गृहमन्त्री हुनुभयो। त्यो समय उहाँले के काम गरे भन्ने कुरा चितवनकै जनतालाई साेध्दा हुन्छ।’
प्रतिक्रिया