काठमाडौं-वैदेशिक रोजगारी ठगीलगायत विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी बिनु शाक्य कम्बोडियाबाट पक्राउ परेकी छन्।
सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरिएको नेपाल प्रहरीको मुख्यालयले जानकारी दिएको छ।
इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएकी शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरेर नेपाल ल्याइएको हो।
उनले सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको प्रहरीले बताएको छ।
उनीसँगै ठगीमा संलग्न मुख्य अभियुक्त उदयपुर त्रियुगा नगरपालिका-१० का सुजन आचार्यलाई यसअघि नै कम्बोडियाबाटै पक्राउ गरेर नेपाल ल्याइसकिएको छ । सुजन र बिनु प्रेमी प्रेमिका हुन्।
प्रतिक्रिया