अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्वस्थ


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनु भएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उहाँकाे सचिवालयले जनाएको छ।

बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ। ‘आजका सबै भेटघाट बन्द गरिएको छ,’ सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री ओली अहिले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ।