काठमाडौं-आगमी मंसिर १६ गते हुने उपनिर्वाचनमा जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पदका लागि नेकपा एमालेले उम्मेदवार तय गरेको छ। उपप्रमुखका लागि एमालेले सुनिता बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमालेको नलगाढ नगरपालिका कमिटीले सर्वसम्मत रूपमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान पनि सुरू गरिसकेको छ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा उपनिर्वाचन हुन लागेको हो। अन्य दलले भने उपमेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छैन ।
प्रतिक्रिया