काठमाडौं-आगमी मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा एमालेले काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ। आज बसेको महानगर वडा कमिटी बैठकले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार सिफारिस गरेको हो।
तुलाधरको एकल नाम सिफारिस भएको जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो।
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ। गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
लक्ष्मीरत्न तुलाधरले २०५४ सालको चुनावमा काठमाडौंको १६ नम्बर वडाको वडा सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत (३६७४) ल्याउनु भएको थियो ।
२०५६ सालको मध्यावधि चुनावमा १६ नम्बर वडाको निर्वाचन संयोजक, २०५९ सालमा मनोति वडाअध्यक्ष, २०६२ सालमा पार्टी अध्यक्ष, २०७१ सम्म वडाअध्यक्ष, २०७२ बाट पार्टीको क्षेत्रीय सदस्य हुँदै महानगरको सचिवालय सदस्य भएका लक्ष्मीरत्न तुलाधर जनताको दुःखसुख बुझेर हुर्किएका एक स्थानीय नेता हुन् ।
प्रतिक्रिया