अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा हुने उपनिर्वाचनका लागि एमालेका उम्मेदवार चयन 

रौतहटमा हुने उपनिर्वाचनका लागि एमालेका उम्मेदवार चयन 


काठमाडौँ-आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ।

यसै सन्दर्भमा रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएको छ। उपनिर्वाचनमा रौतहटका छुट्टाछुट्टै पालिकाका तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ। राजपुर नगरपालिका वडा-६, ईशनाथ नगरपालिका वडा-७ र गढीमाई नगरपालिका वडा-८ मा उपनिर्वाचन हुँदैछ। 

नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका-७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताउनु भयो।

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ। चयन भएका तीनवटै वडा अध्यक्षका उम्मेदवारहरूलाई निर्वाचित गर्न एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्ति मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई एक भएर लाग्न आग्रह गरेका छन्।