अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र

सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र


काठमाडौँ-सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन्। 

 कांग्रेस र एमालेले सत्ता सहकार्यलाई अझ प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरु रहने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएको हो।

सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो।

 संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहेका छन्। 

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।   यसैगरी प्रदेशमा तीन-तीन जना जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई-दुई जना रहने गरी संयन्त्र बनाइने जनाएको छ।