रुपन्देही-नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदार निर्णय गरेको छ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि एमालेले तुलाचनलाई उम्मेदवार बनाउने निर्णय गरेको
उहाँ एमाले जिल्ला कमिटीको उपसचिव हुन्। त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेरवार बनाउने तय भएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिनुभयो।
यसअघि माओवादी केन्द्रबाट निर्वाचित हुनुभएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो।
प्रतिक्रिया