अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट लोकतान्त्रिक जनजाति महासंघको महासचिवको जिम्मेवारी देवराज राईलाई

एमालेनिकट लोकतान्त्रिक जनजाति महासंघको महासचिवको जिम्मेवारी देवराज राईलाई


काठमाडौं-एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको महासचिवको जिम्वारी देवराज राईलाई दिइएको छ।  

महासंघको १३औं बैठकले रिक्त रहेको महासचिव पदको कार्य सम्हाल्ने गरी उपमहासचिव देवराज राईलाई जिम्मेवारी तोकिएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा पासाङ शेर्पा जानकारी दिनुभयो।

महासंघको १९ र २० चैत २०७९ मा भएको दोस्रो राष्ट्रिय महाधिवेशनले पेम्बा भोटेलाई महासचिवमा चयन गरेको थियो। महासङ्घको महासचिवमा पुनः भोटे दोहोरिनु भएको थियाो।

महासङ्घको दोस्रो महाधिवेशनबाट अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । त्यसैगरी महासङ्घको उपाध्यक्षमा मीना गुरुङ, विजय लोप्चन, देवनारायण चौधरी र ज्ञानेन्द्र पुन निर्वाचित हुनुभएको थियो। त्यस्तै, उपमहासचिवमा देवराज राई र प्रेम श्रेष्ठ निर्वाचित हुनु भएको थियाे ।

आठ जना सचिवमा महिलाबाट हिरुसरा राना, मधेसबाट सर्लाहीकी शान्ति लामा पाख्रिन, बागमतीबाट मन्दिरा श्रेष्ठ, कर्णालीबाट सोना छिरिङ लामा, कोशीबाट श्याम तुमरोक, बागमतीबाट हर्कमान तामाङ, गण्डकीबाट हुम गुरुङ, लुम्बिनीबाट विवेक श्रेष्ठ निर्वाचित हुनुभएको थियो। यसैगरी कोषाध्यक्षमा ज्योति लामा चयन गरेको थियो ।

महाधिवेशनले २२१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।