अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्ताउँदो सूर्यलाई अर्घ्य  दिइयो

अस्ताउँदो सूर्यलाई अर्घ्य  दिइयो


झापा-छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य  दिई मनाइएको छ । निराहर व्रत बसेकाले मेची नदी किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएका हुन ।  

पूजाआजामा मधेस तथा पहाडीलगायतका विभिन्न समुदायका सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ । उनीहरुले मेची नदीमा पूजा गरी प्रसादका रुपमा आज बासका सामग्रीको अर्घ्य  दिइ केरा, ठेकुवा, स्याउ, भसुवा, उखुलगायत परिकार चढाएका थिए ।

सत्य र अहिंसाप्रति मानव रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपतीसहित पाँच पाण्डप अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस भनी सूर्य देवलाई आराधाना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ ।

गत वर्षहरुको तुलनामा झापाको मेची नदी किनारलगायत जिल्लाको विभिन्न ठाउँमा छठ पर्व मनाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । तराई मधेसी बाहेक अन्य समुदायका महिलाले छठ पर्व धुमधामका साथ मनाउन थालेका छन् । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा छ । उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन भोलि कात्तिक २३ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।