काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशन विगतका महाधिवेशन भन्दा भिन्न महाधिवेशन भएको बताउनु भएको छ।
आज ललितपुरस्थित चाकुपाटमा एमाले स्कुल विभागद्वारा आयोजित जिल्लास्तरीय नियमित प्रशिक्षणमा दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा विषयमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो। उहाँले अरू महाधिवेशनमा एकैपटक नीति र नेतृत्वको विषयम निरूपण गर्ने गरेकामा यो पटक महाधिवेशनलाई विधान महाधिवेशन र राष्ट्रिय महाविधेशन गरी दुई पटकमा गरिएको बताउनु भयो।
आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा हुन थालेपछि पार्टीमा विचारको बहस कमजोर भएको ठानेर नीति निर्माणका लागि अलग्गै महाधिवेशन आयोजना गरिएको महासचिव पोखरेलले बताउनु भयो।
संविधान जारी भएपछि मुलुक संघीयतामा भएको स्मरण गर्नुहुँदै उहाँले संघीयतामा आधारित भएर संगठन ढाँचालाई रूपन्तरण गर्नुपर्छ भनेर प्रदेश कमिटीलाई कार्यकारी कमिटी बनाइएको बताउनु भयो। यस्तै विगतको तुलनामा पालिकाहरूलाई पनि थप अधिकार सम्पन्न बनाइएको महासचिव पाेखरेलले बताउनु भयाे ।
प्रतिक्रिया