काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठकले आगामी मङ्सिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
आज बसेको बैठकले सो उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो–‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ। सो निर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ।’
यसैगरी, बैठकले उपनिर्वाचनका लागि सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताउनु भयो।
प्रतिक्रिया