काठमाडौँ-नेकपा एमालेले यही मंसीर ७ गते काठमाडौँमा जागरण सभा गर्ने भएको छ। आज बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको हाे।
मंसीर ७ गते काठमाडौँमा पार्टीको जागरण सभा गर्न लागेकोले सो कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने जनाएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौँमा गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठनहरू, सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयाे ।
प्रतिक्रिया